• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

इपिसेन्टर दुल्लु: क्वारेन्टाइनबाटै भाग्ने खतरा, संक्रमण भयावह हुने त्रास

64x64
दुर्गा दुलाल मंगलबार, जेठ २०, २०७७  ११:१५
1140x725

काठमाडौं- जेठ ८ गते स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित पुष्टि भएको घोषणा गर्‍यो। त्यसको दुई साता नबित्दै कर्णाली प्रदेशमा संक्रमितको संख्या १९८ पुगेको छ भने एक जनाले ज्यान गुमाएका छन्।

कर्णाली प्रदेशमा दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पोजिटिभ पाइएको थियो भने पहिलो ज्यान गुमाउने दुल्लु नगरपालिकाका ३५ वर्षीय व्यक्ति हुन्। अहिले कर्णालीका ५ जिल्लामा संक्रमण फैलिइसकेको छ।

सोमबार मात्र कर्णाली प्रदेशमा ७५ जना नयाँ संक्रमित थपिए। नयाँ थपिनेमा दैलेख, सल्यान, सुर्खेत र जुम्लाका हुन्। शनिबार दैलेखको दुल्लु नगरपालिका एक व्यक्तिले क्वारेनटाइनमै ज्यान गुमाए। त्यसयता लगातार कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ।

कर्णालीको इपिसेन्टर दुल्लु र नारायणचौर
१७ गते मात्र दैलेखमा मात्र १५ जना संक्रमित थपिएका थिए। १९ गते पनि यो क्रम रोकिएन। १९ गते थपिएका ४१ जना दैलेखका थिए। ती संक्रमित दुल्लु र नारायण नगरपालिकाका थिए। यसै त दुर्गम त्यसपछि भारतबाट फर्कनेको संख्या बढेसँगै यहाँको अवस्था भयावह हुन थालेको छ। 

१० जना परीक्षण गर्दा ८ संक्रमित, एकको मृत्यु 
दुल्लु नगरपालिकाका कार्यकारी प्रमुख ज्ञानमणि नेपालले यहाँको अवस्था निकै भयावह भएको टिप्पणी गरे। ‘सोमबारसम्म १० जनाको परीक्षण रिपोर्ट आउँदा ८ जनामा संक्रमण पुष्टि भएको छ। एक जनाले ज्यान गुमाएका छन्’, नेपालले भने, ‘यही अनुपातमा संक्रमण फैलिँदै जाने हो भने क्वारेनटाइनमा रहेका सबैमा कोरोना देखिन्छ।’  

अधिकांश व्यक्ति भारतको मुम्बई र गुजरातबाट आएकाले उनीहरुमा संक्रमण पुष्टि हुने सम्भावना धेरै रहेको उनले बताए। भारतको पनि धेरै कोरोना संक्रमित भएको स्थानबाट उनीहरु आएकाले यहाँको अवस्था निकै जोखिमपूर्ण रहेको उनको भनाइ छ।

नगरपालिकाले ४० वटा स्कुलमा २५ सय जनालाई क्वारेनटाइनमा राखेको उनले बताए। २०७ जना त एउटै स्कुलको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए। 

आएन रिपोर्ट 
क्वारेन्टाइनमा राखिएका व्यक्तिको स्वाब संकलन गरिएको ६ दिन बितिसक्दा पनि परीक्षणको रिपोर्ट नआएर समस्या भएको उनको गुनासो छ। ‘सुरुमा स्वाब संकलन गरेर सुर्खेत पठाउने भनेका थियौं,’ नेपालले भने, ‘तर त्यहाँबाट १० दिन लाग्ने जवाफ आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको छौं, तर रिपोर्ट आएको छैन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

दुल्लु नगरपालिकमा क्वारेन्टाइनमा बस्नेहरु हिजोसम्म २३ सय रहेको र आज बढेर २५ सय पुगेको उनले बताए। कार्यकारी प्रमुख नेपालले भने, ‘पहिलाकै २०० जनाको रिपोर्ट आएको छैन, अरुको कहिले पठाउने र कहिले रिपोर्ट आउने ठेगान छैन।’ 

संघीय सरकारको सहयोग नै नभएको उनको गुनासो छ। ‘पिसिआर परीक्षण गर्ने जनशक्ति नै भएन,’ नेपालले भने। दुल्लुका मात्र १० हजार मानिस भारतमा रहेको नगरपालिकाको अनुमान रहेको उनले बताए। यी सबै कोरोनाको इपिसेन्टर मुम्बई र गुजरातमा रहेकाले उनीहरु आएपछि आगामी दिन झन खतरापूर्ण रहेको उनको भनाइ छ।

२ डाक्टर, दुवै क्वारेन्टाइनमा 
अहिले दैलेखमा चिकित्सकको अभाव भएको उनले बताए। जम्मा दुई जना डाक्टर रहेकामा दुवै जना क्वारेन्टाइनमा रहेको जानकारी उनले दिए। ‘एक जनाले सुत्केरीको परीक्षण गर्नु भएको थियो, ती सुत्केरीलाई कोरोना पोजेटिभ देखिएपछि उहाँ क्वारेन्टाइनमा जानुभयो,’ नेपालले भने, ‘अर्का डाक्टरले स्वाब तान्नु भएको थियो, उहाँ पनि क्वारेन्टाइनमा जानु भएको छ।’

अब कोही बिरामी भयो भने सामान्य औषधि सिफारिस गर्नेको पनि अभाव भएको उनले बताए। 

पिसिआरको विकल्प देखिएन 
सरकारले र्‍यापिड टेस्टका लागि भन्दै पठाएको किटले झन् समस्या निम्त्याएको नेपालको अनुभव छ। 'केही दिन पहिले यहाँ एक सुत्केरी र केही व्यक्तिलाई र्‍यापिड टेस्ट गरिएको थियो, रिपोर्ट नेगेटिभ आयो। फेरि शंका लागेर पिसिआर गर्दा पोजेटिभ आयो,’ उनले भने, ‘यो भरपर्दो देखिएन, पोजेटिभ आएकाहरुमा नेगेटिभ आयो र नेगेटिभ आएकामा पोजेटिभ देखियो। पिसिआर टेस्ट गर्नुको विकल्प छैन।’ 

किनौं आर्थिक ऐनअनुसार मिल्दैन, नकिनौं परीक्षण किट छैन 
नगरपालिका अहिले चेपुवाका परेको उनले बताए। ‘२५ सय व्यक्ति क्वारेन्टाइनमा छन्। उनीहरु सबैको परीक्षण गर्नुपर्ने छ। नगर्दा कोरोना पत्ता लाग्दैन, गरौं सामग्री छैन,’ नेपालले भने, ‘नगरले नै किनौं भने आर्थिक ऐनले दिँदैन, भोलि अख्तियार धाउनुपर्छ। नकिनौं नागरिक मर्ने भए।’

केन्द्र सरकारले सहयोग पर्याप्त नगरेको गुनासो उनले गरे। प्रदेशबाट १० लाख रुपैयाँ आएको तर स्वाब संकलन मात्र गरेर नभई रिपोर्ट आउन समय लाग्ने भएकाले समस्या भएको उनले बताए।

क्वारेनटाइनबाट भाग्ने खतरा 
भारतबाट आएर १५ दिनदेखि क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन नसकेको र परीक्षण भएकाहरुको पनि रिपोर्ट आउन ढिलो भएपछि स्थानीयको दबाब आउन उनले बताए। नेपालले भने, 'परीक्षण गरौं किट छैन, तत्काल रिपोर्ट पनि आउदैन। कति दिन थुनेर राख्ने भनेर उनीहरु आन्दोलित हुन थालिसके।’

मानिसहरु क्वारेन्टाइनबाट भाग्ने र गाउँभरि फैलने  त्रास सिर्जना भएको उनले बताए।

नगरपालिकाले २ हजार किट किनेर ल्याएको तर यो प्रयोगमै नआउने अवस्था आएको उनले बताए। संघीय सरकारको ध्यान नपुगेकाले यस्तो अवस्था आएको उनको भनाइ छ। यो समस्या संघीय सांसदलाई पनि जानकारी गराएको र उनले सांसद विकास कोषवाट रकम दिने बताएको तर किन्न सक्ने अवस्थामा आफूहरु  नभएको उनले बताए।

‘२ वर्षको बच्चादेखि गर्भवती महिलासम्मलाई कोरोना संक्रमण देखिएको छ,’ नेपालले भने, ‘क्वारेनटाइनमा रहेकाहरु घर जान्छौं भन्छन्, गाउँका मानिस परीक्षण नगरी नछोड्नु भन्छन्, अवस्था भयावह छ।’

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ११:१५
  • #कोरोना_अपडेट
  • #दुल्लु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने बुधबार, भदौ १०, २०८३
रसुवा बाढी प्रभावितका लागि राहत कोषमा सहयोग गर्न सरकारको अपिल बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्