काठमाडौं- राजधानीको थापाथलीस्थति नर्भिक अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालले शंकास्पद संक्रमितका लागि लक्षित गर्दै बनाएको छुट्टै भवनको कोरोना आइसोलेसन वार्डमा उपचाररत ६१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण देखिएपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइडलाइन अनुसार कोरोना संक्रमितको उपचार गर्न छुट्याइएको पाटन अस्पतालमा रेफर गरिएको छ।
नर्भिक अस्पताल प्रशासनका अनुसार हेटौंडा उपमहानगरपालिका ४ की ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारको नियमअनुसार पाटन अस्पतालमा पठाइएको हो।
पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार ती महिलालाई अस्लेपतालको आइसोलेसनमा राखेर आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।