काठमाडौं- पछिल्लो २४ घन्टायता नेपालमा २२६ जनामा कोरोना संक्रमण भेटिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ। हालसम्म १ हजार ६ सय ६७ जना पुरुषमा संक्रमण देखिएको छ भने महिलाको संख्या १३१ छ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।