काठमाडौं- संविधान संशोधनमा पार्टीभित्र एक मत बनाउन जनता समाजवादी पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक जारी छ। संसद सचिवालयमा दर्ता गर्ने विधेयकका विषयमा शिर्ष नेताहरू छलफलमा जुटेका हुन्।
जसपाले प्याकेजमा संविधान संशोधन गर्न राखेको मागलाई सरकारले अस्वीकार गरेपछि छुट्टै विधेयक दर्ता गर्ने तयारी गरेका हुन्। संविधान संशोधन कुन कुन एजेण्डामा गर्ने भन्ने विषयमा दलको कार्यालयमा छलफल जारी रहेको जसपाका एक नेताले बताए।
संशोधनमा जसपाभित्र एक मत नभएपछि शुक्रबारदेखि विवाद बढ्दै गएको छ। शनिबार दिउसो र राती समेत जसपाका नेताहरूले संशोधनका एजेण्डामाथि छलफल गरेका थिए। फेरि पार्टीमा संशोधनको विषयमा एक मत बनाउन अन्तिम प्रयासमा रहेका छन्। पार्टीमा एक मत भएपछि आजै संसद सचिवालयमा विधेयक दर्ता गर्ने एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।