• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लिम्पियाधुरा मुद्दा: नझुकोस् नेपाल

दीपकिरण खड्का मंगलबार, जेठ २०, २०७७  १४:३०
1140x725

राष्ट्र भूगोलले बन्छ र सामूहिक जनभावनाले। भूगोल नभएको राष्ट्र हुँदैन। सांसरिक नियम परिवर्तनशील छ। राष्ट्रको भूगोल फेरिइरहन्छ। इतिहासको कही समय अगाडि नेपाल पश्चिममा काँगडा र पूर्वमा टिस्टा पुगेको सर्वविदितै छ। 

नालापानीमा नाकाबन्दीको कहर खेपेर राष्ट्र जोगाएका थिए, पूर्खाहरुले। तर हामी असमान सुगौली सन्धिमा सीमित गरियौँ। पश्चिममा हामी लिम्पियधुराभन्दा अझै ४ किमी पश्चिममा सन्धिले सिमाना साँधेको छ। यो मुद्दा जनमानसमा चासो भएर पनि अझै बुझिरहन पाएको अवस्था छैन। लिम्पियाधुरा मुद्दा के हो त? किन महत्त्वपूर्ण छ? किन सबैले बुझ्नुपर्छ लिपुलेक-लिम्पियाधुरा मुद्दा? 

लिम्पियाधुरा पश्चिममा नेपाल, भारत र चीनको त्रीदेशीय बिन्दु हो,  जसको चर्चा पछिल्लो समय चुलिएको छ। यसअघि पनि पटकपटक सतहमा आएको लिम्पियाधुरा मुद्दा पछिल्लो समय २०१५ मे १५ का दिनबाट लाइमलाइटमा आइपुग्यो भन्नुपर्ने हुन्छ। यसअघि यो नाम शब्दमै सीमित गर्ने खेल भैरहेको बुझ्न सकिन्छ।

सर्वप्रथम मुद्दाको उठान हुँदाताका कालापानीको नामले चर्चा पायो, पछि लिपुलेक मुद्दा हुँदै हाल लिम्पियाधुरा मुद्दाले परिचित भएको छ। लिम्पियाधुरा मुद्दा भन्ने बित्तिकै यसले महाकाली, लिपुलेक, कालापानी, कुटी, नाभी, गुञ्जीलाई बुझाउन प्रयोग गर्न सकिन्छ।

लिपुलेकमा कब्जा जमाउन भारतले पछिल्लो समय चीनको साथ लिएको देखिन्छ। सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक भन्ज्याङलाई व्यापारिक मार्ग बनाउने भनी गरेको सम्झौताले भने नेपालमा ठूलो तरङ्ग सिर्जना गर्‍यो। २०१५ त प्रकाशमा आएर नै बाहिरिएको हो, नत्र यसअघि सन् १९९९ मा भारतीय विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमण, सन् २००५ मा चिनियाँ प्रधानमन्त्री वेन च्यापाओको भारत भ्रमण तथा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी चिङफिङको भारत भ्रमणका क्रममा नेपालको भूमि लिपुलेकमा व्यापारिक नाका बनाउने सहमति भएका तथ्यहरू छन्।

भुइँचालोको आलो घाउमा डुबेका नेपालीमाथि भारत र चीनले ४१ बुँदे संयुक्त वक्तव्यको बुँदा नं २८ मा 'सीमा व्यापार, दुवै देशका बासिन्दाको तीर्थाटन र अन्य आदानप्रदानका माध्यमबाट आपसी विश्वासलाई प्रभाकारी रूपमा प्रवर्द्धन गर्न सकिनेमा दुई पक्ष सहमत भएको, सीमालाई सहकारिता र विनिमय पुलका रूपमा विस्तार गर्दै सम्बन्धलाई अझ विस्तार गर्ने तथा व्यापार वस्तुको सूची वृद्धिका लागि वार्ता गर्ने र नाथुला, च्याङ्ला/लिपुलेक र सिप्किलामा सीमा व्यापार बढाउन दुबै पक्ष राजी रहेको' भनी सहमति जनाए।

लिपुलेक भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पर्छ, तर कालापानी र लिपुलेक दुई छुट्टै ठाउँ हुन्। सक्कली महाकाली (कुटी यङ्ती) र लिपुखोला (नक्कली महाकाली) को संगमस्थल रहेको गुञ्जीभन्दा उत्तरपूर्वमा कालापानी क्षेत्र छ र कालापानीभन्दा अगाडि चीनसँग सीमा जोडिएको नाका पर्छ, जसलाई नै हामी कालापानी भन्छौँ। यो लिपुलेकको नाका अहिले भारत र चीनबीचको धार्मिक यात्रा (कैलाश मानसरोवर यात्रा) र व्यापारिक नाकाको रूपमा विस्तार गरिँदैछ। नेपाल र चीन जोड्ने टिंकर भञ्ज्याङको नाकालाई पनि स्थानीयस्तरमा लिपुलेक भञ्ज्याङ भनिन्छ।

लिपुलेकबाट २० किलोमिटर दक्षिण झरेपछि कालापानी र करिब झन्डै ३५ किलोमिटर पश्चिम लाग्दा महाकाली नदीको वास्तविक उद्गमस्थल लिम्पियाधुरा पुगिन्छ। हेर्दा त्रिकोणात्मक देखिने यो भूभागमा भारतको आँखा पर्नु कुनै नौलो होइन। उता दोक्लामभन्दा अझै महत्वपूर्ण यो हिमाली जमिनमाथि भारतले दाबी गर्दै आएको मात्र छैन, कालापानी ओगट्दै विस्तारै प्रमाणहरूलाई तोडमोड गर्दै हत्याउन निकैथरी प्रपञ्च रचिरहेको छ। विगत ६० वर्षमा निरन्तर भौतिक पूर्वाधार तथा सैन्य उपस्थिति बढाउँदै लगेको छ भने कुटी, गुन्जी, नाभीका बासिन्दालाई भारतीय रासन कार्डलगायत सबै सुविधा दिएको कुरो सुनिन्छ। समय संयोग भन्ने कि के भन्ने भारतले यति सजिलै आफ्नो बसमा आफ्नो रणनीति हाल्न सकिरहेको छैन, नेपाल निक्कै ठूलो चुनौती हो भन्ने कुरो उसले भुलेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

केन्द्रमा कालापानी
सर्वप्रथम कालापानी मिचिएको छ भनेर केन्द्रसम्म आवाज उठाउने व्यक्ति स्व बहादुरसिंह एतवाल थिए। उनी ब्यास उपत्यकाका छाङरू निवासी नेपालका राष्ट्रवादी नेता थिए। नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा वन सहायकमन्त्री रहेको समय नै उनले यो मुद्दा उठाएका थिए। ज्यानलाई दाउमा राखेर भए पनि भारतीय हेपाहा रणनीति विरुद्ध आवाज उनले केन्द्रसम्म उठाएर एउटा अत्यन्तै पवित्र कार्य गरेका थिए।

यसैगरी २०५४ भदौ २५ गते जनआस्थामा स्व प्रेमसिंह धामीले लेखेको  'काठमाडौँलाई कालापानी किन दुख्दैन?' शीर्षकमा एउटा लेख छापिएको थियो। जसले हलचल नै मच्चाएको थियो। एक अनुच्छेद साभार गरेको छु: 'सिक्किम भारतमा विलय हुँदा आन्दोलन गर्ने काठमाडौँ, भियतनाममा अमेरिकी सेना जाँदा आन्दोलन गर्ने काठमाडौँ, क्यारेवियन देशहरूमा अमेरिकी सेना पस्दा विरोध गर्ने काठमाडौँ कालापानीमा भारतीय सेनाको उपस्थितिमा किन मौन छ? खोई, असन र इन्द्रचोक, लगनखेल र जावलाखेल तातेको? के कालापानीको घाउले दार्चुलालाई मात्र पोल्नुपर्छ? कालापानी काठमाडौँलाई दुख्दैन? कालापानी पद्मरत्नलाई दुख्दैन? कालापानी सुशील प्याकुरेललाई दुख्दैन? कालापानीका लागि दार्चुलाले मात्र ब्युँझिनुपर्छ? मलाई भन्न मन लागेको छ, सिंहदरबारको कुर्सीमा नेपाली होइन, अरू कोही बस्ने गर्छ र त कालापानीमा भारतीय सेना अघि बढिरहँदा पनि दार्चुलामै जुलुस प्रदर्शनको माग गरिन्छ। आज बाघको छालामाथि स्यालको रजाइँ छ। यो स्थिति धेरै दिन रहन सक्लाजस्तो लाग्दैन? हामीसित गौरवमय इतिहास छ, सुन्दर भविष्य छ र साथै नपुंसक वर्तमान पनि छ। त्यसकै विरुद्ध लड्नु आजको दायित्व हो भन्ने मलाई लाग्छ। के हो जुलुस प्रदर्शन भनेको? जब जनताको मनमा आगोका फिलिङ्गा छन्। हामीभित्र उथल-पुथल छ।'

लिम्पियाधुरा क्षेत्रबारे किंवदन्ती
१. लिम्पियाधुरास्थित जोलिंकन पर्वतमालामा प्रसिद्ध तीर्थस्थल ‘आदि कैलाश’ छ, स्थानीय भाषामा छोटा कैलाश पनि भनिन्छ। कैलाश–मानसरोवर पुग्न नसक्नेहरू आदि कैलाशको दर्शन गरी नजिकैको पार्वतीताल, (कतैकतै गौरीताल, बिन्तिताल) स्नान गरेर फर्कन्छन्।

२. दार्चुला जिल्लाको व्यास उपत्यकामा पर्ने कुटी गाउँ नेपालको पश्चिमोत्तर अन्तिम गाउँ हो। धार्मिक किंवदन्तीअनुसार पाँच पाण्डव स्वर्ग जाँदा यही कुटीको बाटो हुँदै गएका थिए। त्यतै कुटी बनाई केही दिन बसेकाले गाउँको नाम कुटी रहेको हो भन्ने स्थानीय मान्यता छ। व्यास ऋषिको तपोभूमि भएका कारण यस क्षेत्रको नाम व्यास रहन गएको हो भन्ने जनविश्वास पनि छ। 

३. उहिलेका बुढाले खरले छाएको घरको छानाको अन्तिम कुनालाई धुरी नाम दिएका त्यत्तिकै होइनन्, ठिक त्यही तवरले नेपालको पश्चिमधुरी अर्थात् नेपाल देशको अन्तिम कुना भनेर नामकरण नै लिम्पिया+धुरा (धुरी) राखिन गएको हुनुपर्छ भनी लेखिएका प्रसङ्गहरू पनि पढेको थिएँ।
 
४. लिम्पियाधुरा क्षेत्रमा बाक्लो हिउँ पर्ने भएकाले भू-सतहबाट पग्लेर बग्दा पानी कालो रङ्गको देखिँदो रहेछ। त्यसै आधारमा पुर्खाहरूले नदीको नामकरण कुटीयङ्क्ती अर्थात् कालो खोला र सारमा महाकाली भनेको हुनुपर्छ।

५. अझै लिम्पियाधुराभन्दा ४ किमी तल २,००० वर्ष पुरानो कालीको मन्दिर छ, त्यसो हुँदा नदीको नाम महाकाली नामकरण भयो। कति धेरै खोजका विषय नै छन्।

६. महाकालीको अर्को नाम कुटीयंक्ति पनि हो। स्थानीय भाषामा अर्थ खोज्ने हो भने कु-कालो, टी-नदी र यंक्ती-जंघार फैलिएको अर्थात् फैलिएको कालो नदी र यसलाई अझै संश्लेषण गर्दा महाकाली भन्न सकिन्छ।

यी विविध तथ्यबाट लिम्पियाधुराको ऐतिहासिक तथा धार्मिक महत्त्व दर्सिन्छ, जसका कारण भारतले यस क्षेत्रलाई कब्जा गर्ने अनेक प्रयत्न गरिरहेको छ। जसले जे-जस्ता प्रयत्न गरे पनि यो क्षेत्र नेपालकै हो भन्ने केही प्रमाणहरू छन्।

काली नदी सीमा नदी भएको र सन्धिअनुसार मानिएको खण्डमा त्रिदेशीय बिन्दु लिम्पियाधुरा भएको प्रष्ट छ। 

सन्धि प्रमाण
सन् १८१६ को सुगौली सन्धिले नेपालको पूर्वी सीमा झिन्साङ्ग चुली र पश्चिमी सीमा महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा तय गरेको छ। नेपाल र चीनबीच १९६१ अक्टोबर ५ मा भएको सीमा सन्धिको दफा १ को उपदफा (१) मा लेखिएको छ, ‘नेपाल–चीन सीमारेखा काली नदी र टिंकर नदीको पानीढलो तथा कर्णाली (मापचू) नदीका सहायक नदीहरू र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ। त्यहाँबाट यो दक्षिण–पूर्वतर्फ कर्णाली (मापचू) नदीका सहायक नदीहरू तथा टिंकर नदी र सेती नदीका पानी ढलो हुँदै लिपुधुरा (न्युमचिसा) हिमालको शृंखला र लिपुधुरा (टिंकर लिपु) भञ्ज्याङतर्फ जान्छ।’ यस सन्धिअनुसार पनि लिपुलेक नेपालको हो भन्ने प्रस्ट देखिन्छ। नेपाल-चीनबीचको पश्चिमी सीमा महाकाली र टिङ्कर नदीको पानी ढलोबाट सुरु भनिएको अर्थले महाकालीको उद्गमस्थल लिम्पियाधुरा नेपाल, भारत र चीनबीचको त्रिदेशीय बिन्दु हो भनेर प्रष्ट हुन्छ।  

नक्सा प्रमाण
सन् १८१६ को सुगौली सन्धिपछि ब्रिटिस भारतले तयार पारेका अरू नक्साहरू जस्तै: १८१९ मा प्रकाशित यो नक्सा 'प्रिन्टेड एट दि सर्भे अफ इन्डिया अफिस' भनेर लेखिएको नक्सा, सन् १८२१ को नक्सा, सन् १८२६ मा क्याप्टेन जेडी हर्वटले तयार गरेको 'जिवग्राफिकल म्याप अफ दी माउन्टेन प्रोभिन्स विटुइन दी रिभर्स सतलज एन्ड काली' शीर्षकको नक्सा, सन् १८२७ मा इस्ट इन्डिया कम्पनीकै हाइड्रोग्राफरद्वारा तयार पारिएको नक्सा, सन् १८३० मा लन्डनमा प्रकाशित नक्सा, सन् १८३४ मा प्रकाशित जर्मनको नक्सा, सन् १८३५ लन्डनबाट प्रकाशित नक्सा, सन् १८४१ र १८४६ का पुराना नक्साहरूले लिम्पियाधुरा क्षेत्र नेपाल हो भन्ने कुरा प्रष्ट पारेका छन्। १८७९ र मुख्यतः सन् १९४७ मा भारत स्वतन्त्र भएपछिको भारतले छापेका नक्साहरू हेर्दा पनि कालापानी र लिपुलेक नेपालको सीमाभित्र र लिम्पियाधुराको जोलिङ्काङबाट प्रादुर्भाव भएको नदी नै महाकाली नदी लेखिएको कुरो प्रष्ट हुन्छ। र, अझै सन्धि-सम्झौता, बाली तिरेको प्रमाण र दस्ताबेज त छन् नै, भारतको मिनिस्ट्री अफ वाटर रिसर्सेजले प्रकाशित गरेका दर्जनौ यस्ता रिपोर्ट पनि भेटिए, जसमा लिम्पियाधुरा नै महाकालीको मुहान देखिन्छ।

सन् १९६१, अक्टोबर ५ मा चीन र नेपालबीच भएको सम्झौतामा लिपुलेक नेपाली सीमाभित्र भएको स्पष्ट उल्लेख छ। ब्रिटिश लाइब्रेरीमा भएको १९६० भन्दा अगाडिको सबै नक्सामा काली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रस्ट कोरिएका छन्। १९६७ को इन्डियाको नक्सामा पनि काली नदी लिम्पियाधुराबाट आएको प्रष्ट देखिन्छ। काली नदी सीमा नदी भएको र सन्धिअनुसार मानिएको खण्डमा त्रिदेशीय बिन्दु लिम्पियाधुरा भएको प्रष्ट छ। 

जलविज्ञानमा आधारित प्रमाण
जलविद्या शास्त्रमा कुन नदी मूल र कुन सहायक भन्ने कुराको टुङ्गो लगाउन निश्चित सिद्धान्तहरू हुन्छन्। जलविद्या शास्त्रअनुसार हेर्दा मूलतः कुनै पनि नदीको उद्गम बिन्दु कहाँ मान्ने भन्ने कुरोमा सामान्यतया नदीको विकास, जलाधार क्षेत्र, पानीको आयतन र नदीको क्रमाङ्क (रिभर अर्डर) लाई आधार मानिन्छ। यही आधारमा हेर्दा; भारतले भने जस्तै कालापानीबाट आउने काली नदी (उनीहरूको भाष्यमा) वा लिपुलेकबाट आउने लिपुखोला (लिपुखोला चाहिँ हिमनदी नै हो) मात्रै होइन, त्यतातिरका अरू २ खोल्साहरूसँग र लिम्पियाधुराबाट निस्किने नदीलाई जलविद्या शास्त्रअनुसार अध्ययन गर्दा लिम्पियाधुराको जलाधार क्षेत्र बढी छ, आयातन पनि झन्डै ७ गुणाले र नदीका विभिन्न शाखाहरू मिसिएर क्रमाङ्क पनि लिम्पियाधुराकै बढी देखिन्छ।
- सबैभन्दा ठूलो जलाधार ओगटेको, 
- अरू सहायक नदीभन्दा लामो दूरीबाट बगेर आउने, 
- सहायक नदीहरूभन्दा पानीको मात्रा बढी भएको र
- नदीको क्रमागत अर्डर

मूलतः यी ४ बुँदाका आधारमा मूल नदी कुन हो, कुन होइन छुट्याइन्छ। लिम्पियाधुरा उद्गमित काली नदीको पानीको आयतन बढी भएको, जलाधार क्षेत्र पनि ठूलो भएको, अन्य सहायक नदीहरूभन्दा टाढाबाट बगेर आउने र गहिरो भएकोले मूल नदी भएको प्रमाणित हुन्छ। 

चिठी प्रमाण (ऐतिहासिक पत्राचार)
१. सन् १८१७ फेब्रुअरी ४ का दिन इस्ट–इन्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे आदमले काठमाडौँस्थित आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई गभर्नर जनरलका तर्फबाट सुगौली सन्धिको एक वर्षपछि लेखिएको पत्रमा आदमले गार्डनरलाई 'काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना चौतरिया बम शाहको दाबीअनुसार नेपालको ठहरिन्छ, तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीलाई बुझाउनु' भनी निर्देशन दिएका छन्। कम्पनी सरकारको उक्त आधिकारिक पत्रले सुगौली सन्धिअनुसार कालीको मुहान लिम्पियाधुरा र लिम्पियाधुरा पूर्वका कुटी, नावी, गुञ्जी, तिङ्कर र छाँगरु गाउँलाई नेपालको भूमि भनेर स्वीकारेको छ।

२. त्यसैगरी इस्ट–इन्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे आदमले गभर्नर जनरलका तर्फबाट कुमाउँका कार्यवाहक कमिस्नर जी डब्ल्यु ट्रेललाई सन् १८१७ मार्च २२ मा अर्को पत्र लेखेका छन्। कालीपूर्व व्यास प्रगन्ना र त्यहाँका भोटिया (ब्यासी–सौका) जमिनदारहरूको निवेदनसँग सम्बन्धित यस पत्रमा जे आदमले कुमाउका कमिस्नरलाई कालीपूर्वको व्यास प्रगन्नासहितको भूभाग सुगौली सन्धिअनुसार नेपालको भएकाले ती गाउँहरू नेपाललाई बुझाउनु भनेर निर्देशन दिएका छन्।
 
अन्य प्रमाण 
१. झन्डै ११६ वर्ष अघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले १९६१ सालमा दार्चुलाका मुखियालाई  गर्ब्याङ, गुन्जी, बुदीलगायत पाँच गाउँका मुखियाले गाउँमा भएको थिचोमिचो जानकारी गराएपछि चन्द्रशमशेरले राजकीय पत्र पठाएका थिए भन्ने कुरा नेपालका राष्ट्रिय दैनिकहरूमा प्रमाणसहित छापिएका पनि छन्।

२. सम्वत् १९९७ मा बैतडी गौडामा जग्गाको तिरो तिरेको रसिद, २०१५ को मतदाता नामावली, २०१८ को जनगणना,  विभिन्न समयका कूटनीतिक नोटदेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सङ्कलन गरेका प्रमाणमा कुटी, नाभी र गुन्जी क्षेत्रका बासिन्दाले बाली तिरेका रसिदहरू प्रमाणकै रूपमा बाहिरएका तथ्य हुन्।

३. भारतको उत्तराखण्ड राज्यका पाठ्यक्रममा पनि महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा भएको पाइन्छ। कतैकतै, 'काली नदी कुटी से बहती' भनेर कथन रहेको कुरो पनि नभेटिएको होइन।

भारतीय दावी
- काली नदीको उद्गमस्थल कालापानी हो।
- कुटीयङ्क्ती चाहिँ काली नदीको शाखा हो, कुटीयङ्क्ती काली होइन।
- कुटीयङ्क्ती र काली नदी गुञ्जीमा भेट्छन् र दक्षिणतिर बग्छन्।
- सन् १८३० देखि लिपुलेक पिथौरागढको प्रशासनिक  क्षेत्रभित्र पर्ने हुनाले लिपुलेक कालीको पूर्वमा मानिँदैन, बरु कालीको माथि लिपुलेक पर्छ।
- सन् १८१६ को सुगौली सन्धिलाई आधार मानेकै खण्डमा कालीको पूर्व र पश्चिम मानिन्छ र यसले लिपुलेकलाई छुँदैन, जुन कालीको माथि पर्छ।

सुगौली सन्धिको दस्तावेज, उक्त क्षेत्रको नक्सा र भूगोलको अध्ययन गरेका जानकारहरू दार्चुलाको व्यास गाउँपालिका–१ स्थित लिम्पियाधुरा हुँदै आउने स्थानीय भाषाको कुटीयङ्ती नदी महाकालीको मुहान भएको दाबी गर्छन्, जबकि भारतले भने लिम्पियाधुराको पूर्वतिरको कालापानीमा कृत्रिम पोखरी बनाएर त्यसलाई महाकालीको मुहान र त्यसैबाट बग्ने खोल्सीलाई दुई देशको सीमारेखा भएको दाबी द्विपक्षीय सीमा सम्बन्धी छलफलमा प्रस्तुत गर्दै आएको छ।

भारतले अकाट्य सत्यलाई तोडमोड गर्न ६० वर्षदेखि यथासक्य हरप्रयास जारी राखेको छ।

भारतीय दाबीलाई हेर्दा प्रष्ट हुन्छ, उसले १९६२ मा कब्जा गरेर बसेको कालापानीलाई नै कृत्रिम कालीको मुहान बनाएर त्यसलाई नै एकतर्फी सिमाना मानेको छ, जुन कुरा झुट हो भनेर माथि उल्लेख गरिएका हरप्रमाणले पुष्टि गर्छन्। भारत-चीन युद्धपछि नेपालको उत्तरी सीमामा रहेका १८ वटा सैनिक पोस्ट हटाउनुपर्छ भनेर १९६९ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको अङ्ग्रेजी अखबार ‘द राइजिङ नेपाल’मा अन्तर्वार्ता दिएपछि उत्पन्न तनावबीच भारतले १८ मध्ये १७ नाकाबाट सैनिक फिर्ता भयो, तर भारतीय सैनिकको एउटा सानो टुकडी कालापानीमै तिल्सी उपत्यकामा राख्यो। त्यहाँ रहेको एउटा सानो खोलालाई महाकालीको मुहान भनी दुष्प्रचार गर्‍यो। र, अकाट्य सत्यलाई तोडमोड गर्न ६० वर्षदेखि यथासक्य हरप्रयास जारी राखेको छ।

यद्यपि यति हुँदाहुँदै हाल फेरि पनि चर्चामा आएको १९९६ मा भएको महाकाली सन्धिबाट एउटा बुझ्नुपर्ने कुरो चाहिँ के छ भने महाकाली नदीको उद्गमस्थल कुन हो भनेर किटानी महाकाली सन्धिले गर्दैन। महाकाली नदीको अधिकांश भाग दुई मुलुकबीचको सीमा नदी भएको कुरा स्विकार्दै भन्ने कुरोले हामी प्रष्ट बन्न सक्छौं कि यस सन्धिले महाकाली नदीको उद्गमस्थल कुन हो भनेर निर्धारण गर्दैन।

र, प्रष्ट कुरो यो छ कि, नेपालले भारत र चीनसँग कूटनीतिक तबरले द्विपक्षीय र त्रिपक्षीय संवादको हिसाबले अघि बढ्नैपर्ने हुन्छ। अन्तर्राष्ट्रियकरण गर्ने कि, संयुक्त राष्ट्र सङ्घ जाने कि भन्ने गाइँगुइँ सुनिए तापनि हालको अवस्थामा त्यो बाटो समातिहाल्नुपर्ने जरुरी कतै देखिँदैन। बरु प्रमाण जुटाएर, सन्तुलित भएर वार्ताको टेबुलमा बस्नु नै विशेष हुनसक्छ। 

नेपाल–चीनबीच सीमाङ्कनका बेला पश्चिमी त्रिदेशीय बिन्दु लिम्पियाधुरामा शून्य नं सीमा स्तम्भ स्थापना गर्ने कार्य बाँकी राखेर तिंकरमा १ नं सीमास्तम्भ गाडिएको छ। यसो हुँदा भारत र चीनसँग वार्ताको टेबुलमा बसेर निष्कर्ष निकाल्नु अति उत्तम देखिन्छ। बाघचाल जस्तै पाइला पाइलमा सावधानी अपनाएर अघि बढ्नु अति आवश्यक छ। यो मुद्दाले दुई देशका जनताबीच घृणा पैदा गराउने हेतुले भने जस्तोगरी प्रचार पनि गरिनु हुँदैन। विशुद्ध देशका मुद्दा भनेर बुझ्न अत्यन्त आवश्यक छ।

प्रमाण नै प्रमाण भएको र फलाम गलेको बेला र लहरो तान्दा पहरो गर्जिएन भने ६०औँ वर्षमा आएको यो अवसरले हामीलाई सराप्नेछ। लिम्पियाधुरा नै नेपाल, भारत र चीनको त्रीदेशीय बिन्दु हो। कुटी, नाभी र गुन्जीबासी नेपाली हुन्, राष्ट्र भनेको भूगोल मात्रै होइन, त्यो भूगोल भित्र बस्ने हर नागरिकले राष्ट्रको हुँ भन्ने अपनत्व महसुस गर्न सक्नुपर्छ।

६० वर्ष ढिला भइसकेको छ। त्यो पुस्ताको मस्तिष्कबाट राष्ट्रियता मर्नुअघि नै सोचिएन भने लिम्पियाधुराको माटो हाम्रो हुनेमा शंकाको बादल लाग्नेछ। समय आएको छ, ढिला नगरौँ, ती थुप्रै प्राप्त प्रमाणलाई लिएर कूटनीतिक संवादमा लागौँ। राष्ट्रियताको मुद्दामा एक हौँ, राष्ट्र-राष्ट्रका जनतामा सद्भाव कायम गरौँ!

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १४:३०
  • #Nepal_Map

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्