काठमाडौं- कर्णाली प्रदेशमा कोरोना भाइरसबाट थप १८ जना संक्रमित भएका छन्। यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण देखिएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा १८ जना पुरुषमा संक्रमण देखिएको हो।
जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो। कर्णाली प्रदेशका कालिकोट र दैलेख गरी दुई जिल्लामा थप १८ संक्रमित देखिएका हुन्। संक्रमितमध्ये सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।
कर्णालीमा थप भएका १८ संक्रमितसहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय ७८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।