काठमाडौं– संसद भवन बानेश्वरबाट १५ जना डाक्टर पक्राउ परेका छन्।
संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै उनीहरु संसद भवनअगाडि प्रदर्शन गर्न पुगेका थिए। पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा जीवन क्षेत्री, डा अभिशेषक सिंह, आइओएमका विद्यार्थी विशद दाहाल लगायत रहेका छन्।
जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएको भन्दै आजै ११ बजे डा गोविन्द केसी अनसन बस्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।