काठमाडौं- शनिबारै थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा कालिकोटका १७ जना छन् भने बाजुराका एक र दैलेखका एक जना छन्।
योसँगै शनिबार मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २०८ पुगेको छ। दिउँसो ४ बजेर १५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार नै १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय २० पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
नेपालमा कोरोना संक्रमणका कारण ७ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।