• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘बजेटमा सहकारी क्षेत्रका ठोस योजना परेनन्, अमूर्त र भावनात्मक कार्यक्रम मात्रै’

64x64
नेपाल लाइभ शनिबार, जेठ १७, २०७७  १४:४५
1140x725

काठमाडौं- आर्थिक वर्ष २०७७/७८ को बजेटमा सहकारी क्षेत्रका कुनै ठोस योजना नआएको धारणा सहकारी क्षेत्रका सरोकारवाला व्यक्तिहरुले राखेका छन्। 

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले शनिबार आयोजना गरेको वेबमा आधारित ‘बजेटमा सहकारी’ समीक्षात्मक छलफल कार्यक्रममा सरोकारवाला क्षेत्रका प्रतिनिधिहरुले बजेटमा सहकारीका अमूर्त र भावनात्मक कुरा मात्रै आएको र कुनै ठोस योजना तथा कार्यक्रम नआएको धारणा राखेका हुन्।

नेपालले अबलम्बन गरेको तीन खम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्र पनि अर्थतन्त्रको बलियो खम्बा भए पनि बजेटमा भने उपेक्षामा पारिएको उनीहरुको भनाइ छ। 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले महासंघले क्रियाशील विषयगत केन्द्रीय संघहरुको सुझाव समेटी अर्थमन्त्री स्वयं र अर्थ समितिलाई सुझाव दिएको भए पनि त्यो बजेटमा समावेश नभएको बताए।

‘नीति तथा कार्यक्रम र बजेटमा सहकारी क्षेत्रमा महत्वपूर्ण विषय समावेश भएका छैनन्। यद्यपि अहिले करको विषय, प्रविधिमैत्री बन्ने विषय र कृषि तथा स्वरोजगारमा आवद्ध गराउने विषयलाई बजेटले समेटेको छ,’ उनले भने।     

वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई तरलता अभावको समस्या नहोस भनेर तरलता कोषका लागि महासंघले ५ अर्ब रुपैयाँ मागेको भए पनि सरकारले बजेटमा त्यो नसमेटेकोप्रति कँडेलले गुनासो गरे। त्यस्तै सहकारी क्षेत्रका विभिन्न कोष स्थापना र कर्जाका कार्यक्रमको अपेक्षा बजेटबाट आफूले गरेको भए पनि त्यो सम्बोधन हुन नसकेको उनको भनाइ छ।

‘सहकारी क्षेत्रमार्फत कृषिजन्य उत्पादन बढाउने, स्वरोजगार सिर्जना र उद्यमशीलताका कार्यक्रमका लागि सहुलियत ऋणको व्यवस्था गरिनुपर्ने भनेर हामीले सुझाव दिए पनि बजेटमा त्यो ल्याइएन,’कँडेलले भने।

त्यसैगरी सहकारीका लागि क्लियरिङ हाउसको व्यवस्था गरिनुपर्ने सुझाव दिएको भए पनि त्यसलाई सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन नगरेको पनि उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

तर सहकारीमा प्रविधिलाई प्रोत्साहन गर्ने र कृषि तथा रोजगार क्षेत्रलाई सहकारीसँग जोड्ने गरी कार्यक्रम आउनु सकारात्मक रहेको कँडेलको भनाइ छ।

गरिबी निवारण कोषलाई सहकारी संस्थाहरुसँग मिलेर काम गर्नुपर्ने सरकारले नीति लिएकोमा त्यसलाई नयाँ सहकारीका रुपमा रुपान्तरण गर्नेभन्दा पनि नजिकको सहकारी संस्थासँग मर्जरमा जानुपर्ने नीति सरकारले लिनुपर्ने पनि उनको भनाइ छ। 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले बजेटमार्फत सहकारी क्षेत्रले पैसाभन्दा पनि नीतिगत रुपमा केही नयाँ व्यवस्थाको अपेक्षा गरेको भए पनि त्यो नआएको बताए। सहकारी महासंघ, वस्तुगत संघ र सहकारी बैंकले गर्नुपर्ने काम तोकिएर आउनुपर्नेमा त्यो आउन नसकेको र पैसा विनियोजन भएनभन्दा पनि कामको बाँडफाँट तोकिएर नआएको उनले बताए। 

कोभिड-१९ रोगका कारण देखिएको विषम परिस्थितिमा सहकारी क्षेत्रलाई सम्बोधन गर्ने कुनै कार्यक्रम नआएको पनि उप्रेतीले बताए। ‘अमूर्त र भावनात्मक कुरा आए पनि ठोस कार्यक्रम केही पनि देखिएनन्,’उनले भने, ‘साना किसान सहकारीमार्फत १ हजार सहकारी संस्थालाई अनुदान रकम परिचालन गर्ने विषय सकारात्मक भए पनि समग्रमा बजेटबाट सहकारी क्षेत्र आशामुखी हुने ठाउँ छैन।’ 

Xtrem

Xtrem

त्यस्तै नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले अर्थ व्यवस्थासँग जोडिएको सहकारी क्षेत्रलाई सरकारले नीति तथा कार्यक्रम र बजेटमा उपेक्षामा पारेको बताए। ‘निजी क्षेत्रलाई केन्द्रमा राखेर बजेट आयो। सहकारीलाई भावनात्मक रुपमा कहीँ कतै सम्बोधन गरेको भए पनि ठोस योजना केही देखिएनन्,’ उनले भने। 

बजेटमा सहकारीको सुशासन र स्वनियमनको विषय समावेश भएको भए पनि मुख्य चुनौतीका रुपमा रहेको अनुगमनको विषयलाई बढी प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। राज्यका निकायबाटै सहकारी संस्थालाई नियमन गर्न नसकेको उनले बताए। 

सरकारले अबलम्वन गरेको कार्यदिशा र अहिलेको बजेटमा भएको व्यवस्थाबीच तालमेल नमिलेको पनि पौडेलको भनाइ छ। ‘संविधान, दिगो विकासका लक्ष्यको आधार, पञ्च वर्षीय योजना र नीति तथा कार्यक्रमको मर्म विपरीत बजेट आयो,’ उनले भने।

सहकारी संस्थालाई मर्मरमा जान प्रोत्साहन गर्न भनिए पनि निश्चित टार्गेटमा जान नसकिएको समेत उनले बताए। ‘अहिले मर्जर स्वत:स्फुर्त रुपमा मर्जरमा जाँदा पनि झन्झट छ। मर्जरमा जानका लागि सहकारी अभियानलाई उत्प्रेरित गरेको देखिएन। बजेट भावनामा होइन, ठोस कार्ययोजना आउनुपर्थ्यो,’ पौडेलले भने।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्