काठमाडौं- नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। शनिबार बिहान साढे ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ।
अगामी आर्थिक वर्षको बजेटमा मिलेनिमय च्यालेन्ज कर्पोरेसन(एमसीसी)को बजेट समावेश भएपछि पार्टीमा विवाद बढेपछि बैठक बोलाइएको एक सविचालय नेताले बताए।
शुक्रबार पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट समेत भएको थियो। बैठकमा एजेण्डा तय नभएपनि एमसिसी, संविधान संशोधनलगायत सर्मग विषयमा छलफल हुनसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।