काठमाडौं- नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सबै सदस्यको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ। शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको बीमा गरिएको हो।
पिसिआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखामार्फत तत्कालै १ लाख पाउनेछन्। यस्तो रकम पाउन बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ।
संगठनले ठूलो सहयोग गर्न नसकेपनि शाखा सदस्यहरूलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको उनले बताइन्। शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ।
आचार्यले भनिन्, ‘अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पंक्तिमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।