काठमाडौं- कोरोना भाइरसको संक्रमण ५३ जिल्लामा पुगेको छ। शुक्रबार १७० जना नयाँ संक्रमित थपिएका छन्।
हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा रहेका छन्। प्रदेश २ मा ४ सय ९० जना संक्रमित पुगेका छन्। प्रदेश- २ पछि प्रदेश- ५ रहेको छ। प्रदेश- ५मा ४ सय ३३ जना संक्रमित रहेका छन्। त्यस्तै प्रदेश १ मा १ सय ५७ जना कोरोना संक्रमित रहेका छन्। देशभर कुल १२ सय १२ जनामा कोरोना संक्रमण भएको छ।
कुन प्रदेशमा कति
| प्रदेश |
जिल्ला |
संक्रमित |
| १ |
८ |
१५७ |
| २ |
८ |
४९० |
| बागमती |
१२ |
४४ |
| गण्डकी |
५ |
२० |
| ५ |
९ |
४३३ |
| कर्णाली |
३ |
४७ |
| सुदूरपश्चिम |
७ |
२१ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।