काठमाडौं- आगामी आर्थिक वर्षका लागि काभ्रे जिल्लामा चार अर्ब ४८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। ५ नगरपालिकाको लागि दुई अर्ब ४९ करोड रुपैयाँ र ७ वटा गाउँपालिकाले एक अर्ब ९८ करोड रुपैयाँ बजेट प्राप्त गरेका हुन्।
६ वटा नगरपालिकामध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकाको लागि ५२ करोड १० लाख रुपैयाँ छुट्टिएको छ। त्यस्तै धुलिखेल नगरपालिकाको लागि ४० करोड ४६ लाख रुपैयाँ, नमोबुद्ध नगरपालिकाको लागि ३८ करोड ८ लाख रुपैयाँ, पनौती नगरपालिकाको लागि ४४ करोड ५२ लाख रुपैयाँ, पाँचखाल नगरपालिकाको लगि ३९ करोड २२ लाख रुपैयाँ र मण्डनदेउपुर नगरपालिकाको लागि ३५ करोड ३८ लाख रुपैयाँ विनियोजन भएको छ।
आगामी आर्थिक वर्षमा खानीखोला गाउँपालिकाको लागि २० करोड १८ लाख रुपैयाँ, चौरिदेउराली ३२ करोड ६८ लाख रुपैयाँ, तेमाल २७ करोड ८८ लाख रुपैयाँ, वेथानचोक २४ करोड २२ लाख रुपैयाँ, भुम्लु २८ करोड ३७ लाख रुपैयाँ, महाभारत २६ करोड ८२ लाख रुपैयाँ, रोशी गाउँपालिकाको लागि ३८ करोड ४९ लाख रुपैयाँ प्राप्त गरेका छन्।
स्थानीय निकायले केन्द्रीय बजेटसहित आन्तरिक स्रोत मार्फत आ-आफ्नो बजेट बनाउन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।