• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

असन चोकमा उभिए जस्तो बजेट : डा बाबुराम भट्टराई

'अर्थमन्त्री समाजवाद र बजारवादको बीचमा अल्मलिए'
64x64
नेपाल लाइभ शुक्रबार, जेठ १६, २०७७  १४:१९
1140x725
फाइल फोटो

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेट पुरातनवादी सोचबाट बाहिर निस्कन नसकेको र कुनै स्पष्ट वैचारिक धारबाट जान नसकेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको वेबमा आधारित पोस्ट बजेट छलफल कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको विषय परिस्थितिमा गुणात्मक सुधार र क्रमभंगताको अपेक्षा राखिएको बेला पुरानै शैलीको निरन्तरताका रुपमा बजेट आएको धारणा राखेका हुन। ‘अहिलेको बजेट समाजवाद उन्मुख जस्तो पनि छैन र बजारवाद उन्मुख जस्तो पनि छैन। यो त असन बजारमा उभिएजस्तो भयो। कहाँ र कुन बाटोमा जाने भन्नेमा अर्थमन्त्री अझै अल्मलिएको देखियो,’ उनले भने।

पछिल्लो तीन वर्षदेखि अर्थमन्त्रीले कम्युनिस्ट विचारधारा, समाजवाद र नव उदारवादको फ्युजनका रुपमा काम गरिरहेको पनि भट्टराईको धारणा छ। ‘एकापट्टि कम्युनिस्ट भएका कारण अर्थमन्त्रीले निजी क्षेत्रलाई केहि संकुचन गर्नुपर्छ भन्ने पनि ठान्छन् तर व्यवहारमा गर्न भने सकेका छैनन। अर्कोतर्फ, खुलेरै बजारलाई आत्मसात गर्न पनि सकेका छैनन्,’ भट्टराईले भने, ‘हामी जाने भनेको समाजवादमा हो र त्यसका लागि अहिले औद्योगिक पुँजीवाद अबलम्बन गर्नुपर्ने हो। बजार र निजी क्षेत्रलाई मुख्य जोड दिनुपर्ने हो।’

बजेटको आकार बढाउनमा अर्थमन्त्रीले खुट्टा कमाएको र स्रोत व्यववस्थापन गर्न सकिँदैन कि भन्ने लघुताभास देखिएको पनि भट्टराईको भनाई छ। ‘हामीले ठूलो फड्को मार्नु छ भने खुटटा कमाउनु हुँदैन। अहिले राजश्व कम उठने आंकलन गरिएको छ। तर नयाँ–नयाँ स्रोतहरु खोजिनुपर्थ्यो। विदेशी लगानी कसरी धेरै भित्र्याउन सकिन्छ भनेर सोच्चुपर्थ्यो। बजेट स्रोत जुटाउनका लागि अरु थुप्रै क्षेत्रलाई खोज्न सकिन्थ्यो। अहिले वैदेशिक अनुदान त धेरै पाइन्न र धेरै लिन पनि हुँदैन। तर वैदेशिक ऋण त उठाउन सकिन्थ्यो,’ उनले भने।

बजेट भनेको आय व्ययको अनुमान मात्र नभई समाजको अर्थराजनीतिको मापन र भविष्यको दिशानिर्देश गर्ने काम पनि भएका कारण जे सम्भावना छ त्यसको परिधिभित्र मात्रै रहेर बजेट ल्याउन नहुने उनले बताए। ‘हामी अहिले पनि अल्पविकसित मुलुककै रुपमा छौं। हामीले अर्थतन्त्रमा गुणात्मक फड्को मार्नुपर्ने छ। त्यसमाथि कोरोनाका कारण अर्थतन्त्र झन् संकुचन हुने बेलामा हामीले सम्भावना मात्र होइन हाम्रो आवश्यकता कति हो भनेर पनि सोच्नुपर्थ्यो,’ भट्टराईको धारणा छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिपक्षि दल नेपाली कांग्रेसले नवउदारवादी धारका कारण अलि ठूलो बजेट ल्यायो भने असम्भव भन्न थालिहाल्ने गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले ठूलो सपना पूरा गर्न ठूलै रकम आवश्यक हुने पनि बताए। परम्परागत ढंगले बजेट बनाउने कामलाई रोक्नुपर्ने र बजेटमा श्रोत अभाव भएकै कारण विनियोजनमा पनि खुट्टा कमाउनुभन्दा नयाँ स्रोत खोज्न सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।

निजी क्षेत्रलाई सहज तरिकाले काम गर्ने वातावरण बनाउनुपर्ने बेला भए पनि सरकारले केही नियन्त्रणको नीति लिएको पनि उनले बताए। ‘स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यको दायित्वको क्षेत्र हुँदाहुँदै पनि निजी क्षेत्रलाई दिइयो। कम्तीमा यी दुई क्षेत्रको जिम्मेवारी सरकार आफैंले लिनुपर्छ। बाकी निजी क्षेत्रलाई दिन सकिन्छ,’ उनले भने।

बजार, राज्य र समुदायको समन्वय रहेको बजेट ल्याइनु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो।

Xtrem
Xtrem

आगामी आर्थिक वर्षको बजेटबाट आफू उत्साहित नभएको पनि भट्टराईले बताए। ‘म बजेटबाट उत्साहित छैन। सपना नदेखिकन विकास हुँदैन। हामीले कमसेकम ठूला सपना देख्न सक्नुपर्छ। हामी सपना नै सानो देखेपछि विकास ठूलो कसरी हुन्छ? नयाँ सोच सहितको बजेट आउनुपर्थ्यो। आएन। अर्थमन्त्री अझै वैचारिक पिँजडाबाट बाहिर आउन सकेनन्’, उनले भने।

ठूला पूर्वाधार निर्माणका कामलाई आगामी आर्थिक वर्षभित्र कम प्राथमिकता दिनुपर्ने पनि उनको भनाई छ। ‘रेल, पानीजहाजका कुरा अहिले गर्न आवश्यक थिएन। कर्मचारीको संख्या पनि घटाउनुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार गर्नुपर्ने, राजश्वका लागि निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र वैदेशिक लगानीको वातावरण बनाउने हो भने ठूला आयोजना अर्का वर्षबाट अगाडि बढाउन सकिथ्यो। तर अहिले कोरोनाबाट थलिएको अर्थतन्त्र पुनरोत्थान पहिलो प्राथमिकता हो’, उनले भने।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १४:१९
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्