काठमाडौं- दक्षिण कोरियामा कोरोना भाइरसको नयाँ संक्रमित फेला पर्न थालेपछि सरकारले २ सय ५१ विद्यालय पुनः बन्द गरेको छ ।
संक्रमितको संख्या कम हुन थालेपछि केही दिन पहिले स्कुल खोलिएको थियो ।
बिबिसीका अनुसार २४ घन्टामा ५६ नयाँ संक्रमित फेला परेका थिए। त्यसभन्दा अघि ७९ नयाँ संक्रमित फेला परेका थिए । यो गत दुई महिनाको सबैभन्दा धेरै संक्रमितको संख्या हो।
यीमध्ये अधिक संख्या पश्चिम कोरियाको बुचनको एक डिष्ट्रिब्युसन सेन्टरमा पाइएको हो। बुचन धेरै जनसंख्या भएको क्षेत्र हो। यही कारण अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।
बुचनको सवैभन्दा ठुलो बडी इ कर्मस कम्पनी कुपांग हो। अधिकारीहरुका अनुसार कम्पनीले कोरोना भाइरस रोक्नका लागि जरुरी काम नगरेको आरोप लगाएका छन्। स्वास्थ्य अधिकारीका अनुसार यहाँ काम गर्ने व्यक्तिहरुको जुत्ता र कपडामा कोरोना भाइरसका निशान फेला परेका छन्। उनीहरुका लक्षण देखापरेपछि उनीहरुसँग सम्पर्कमा रहेका सबैको ट्रेस गर्दै परीक्षण सुरु भएको छ।
संक्रमणका कारण बुचना सहरको २ सय ५१ विद्यालय फेरि बन्द गर्न परेको हो। सयौं विद्यालयहरुले महामारीपछि खोल्ने योजना बनाएपछि अहिले धमाधम रद्द गर्न थालेका छन्।
सोलमा पढ्ने एक छात्राको आमामा कोरोना भाइरसको सक्रमण पाइएको छ। उनी बेयरहाउसमा काम गर्थिन्।
फेरि संक्रमितहरु देखापर्न थालेपछि कयौं प्रतिबन्धहरु फेरि सुरु भएको छ। मानिसहरुलाई सामाजिक दुरी पालना गर्न आग्रह गरिएको छ। स्थानीय प्रशासनले सोलका सबै सार्वजनिक पार्क, म्युजियम बन्द गरेको छ। मानिसहरुलाई जम्मा हुन रोक लगाइएको छ।
दक्षिण कोरियामा लकडाउन कहिले पनि गरिएन। उसले भरपुर रुपमा कन्ट्रायक ट्रेसिङ र परीक्षण गरेको थियो। सरकारले धेरै प्रकारका सामाजिक दुरी कायम गर्ने नियम बनाएको थियो। यस्ता नियम मानिस आफैंले स्वतस्फुर्त रुपमा पालना गर्ने गरेका थिए। स्वास्थ्य विभागले जारी गरेको नोटिस सवैले पालना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।