काठमाडौं- सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट दिएको छ।
जसमा समानीकरण अनुदानमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख र समपुक अनुदान शीर्षकमा ५ अर्ब १८ करोड ६२ लाख अन्तरसरकारी वित्तिय हस्तान्तरण गरेको छ।
कुन प्रदेशलाई कति?
प्रदेश १– १५ अर्ब ११ करोड ३८ लाख
प्रदेश २– १३ अर्ब ४० करोड ५९ लाख
बागमती प्रदेश– १४ अर्ब ८६ करोड ९८ लाख
गण्डकी प्रदेश– १३ अर्ब ३५ लाख ९९ लाख
प्रदेश ५– १४ अर्ब ६ करोड ९६ लाख
कर्णाली प्रदेश– १४ अर्ब ८३ करोड ६५ लाख
सुदूपश्चिम प्रदेश– १४ अर्ब २१ करोड ८२ लाख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।