काठमाडौं- सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत ६ वटा महानगरपालिलकामध्ये सबैभन्दा बढी रकम पोखरा महानगरपालिका लागि दिएको छ। केन्द्रीय सरकारले ६ वटा महानगरपालिकाका लागि कुल ९ अर्ब ४७ करोड ७ लाख रुपैयाँ दिएको छ।
केन्द्रीय सरकारले समानीकरण अनुदान मार्फत ६ वटा नगरपालिकालाई ३ अर्ब २ करोड २९ लाख रुपैयाँ, सशर्त अनुदान शीर्षकमा ५ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ, विशेष अनुदान शीर्षकमा २७ करोड ८० लाख र समपुरक अनुलदान शीर्षकमा २२ करोड ५६ लाख रुपैयाँ बजेट दिएको छ।
१ विराटनगर–९९ करोड ३१ लाख
२ विरगञ्ज – १ अर्ब ३९ लाख ८९ हजार
३ भरतपुर– १ अर्ब ५६ करोड ५ लाख
४ ललितपुर– १ अर्ब १० करोड ९९ लाख
५ काठमाडौं –१ अर्ब ८२ करोड २३ लाख
६ पोखरा –२ अर्ब ५२ करोड ६० लाख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।