काठमाडौं- सरकारले कवाडी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायराबाट बाहिर निकालेको छ। आर्थिक ऐन २०७७ मार्फत् मूल्य अभिवृद्धि कर ऐन २०५८ मा संशोधन गर्दै यो व्यवसायलाई भ्याटको दायराबाट बाहिर निकालिएको हो।
मूल्य अभिवृद्धि कर ऐनको दफा १० को उपदफा २ को खण्ड कमा रहेको 'कवाडी तथा पत्रुको व्यवसाय' भन्ने शब्दहरू झिकिएका छन्। योसँगै यो व्यवसाय भ्याटबाट बाहिरिएको छ।
यसैगरी नगपालिका क्षेत्रभित्र सञ्चालित मोटर पार्टस्, सुर्टिङ सर्टिङ र कानुनी व्यवसायलाई पनि भ्याटको दायराबाट बाहिर ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।