काठमाडौं- सरकारले आयातित फर्निचरमा पहिलोपटक अन्तशुल्क लगाएको छ। अर्थ मन्त्रालयले संसदमा प्रस्तुत गरेको आर्थिक विधयेकका अनुसार फर्निचरमा पहिलोपटक १० प्रतिशत अन्तशुल्क लगाउने उल्लेख छ।
यसैगरी मासुजन्य उत्पादनमा पनि अन्तशुल्क दोब्बर बनाइएको छ। ससेज, मासु, आफल, रगतबाट बनेका खाद्य वस्तुको अन्तशुल्क ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएको छ।
यसैगरी माछाजन्य वस्तुको अन्तशुल्क पनि ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएको छ। सुर्तिरहित पान मसलामा लाग्दै आएको अन्तशुल्क प्रतिकेजी ६१० रुपैयँबाट बढाएर ६५० रूपैयाँ पुर्याइएको छ।
जर्दा खैनीमा अन्तशुल्क प्रतिकेजी ६१० रुपैयाँबाट ६५० रुपैयाँ बनाइएको छ। व्यक्तिगत गन्ध हटाउने र पसिना हटाउने सामानको अन्तशुल्क ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ। मोबाइलको अन्तशुल्क भने यथावत राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।