काठमाडौं- आगामी वर्ष देखि विद्युतीय राहदानी लागू गरिने भएको छ। आर्थिक वर्ष २०७६/७७को वजेटमा यस्तो घोषणा गरिएको हो। अर्थमन्त्री युवराज खतिवडाले विदेशी नागरिकलाई आगमनमा दिइने प्रवेशाज्ञा अनलाइन प्रणालीबाट उपलब्ध गराइने पनि उल्लेख गरेका छ।
गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गरिने उनले बजेटमा समावेश गरेका छन्। विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्धारमा गैर आवासीय नेपालीको सहयोग लिइने वजेटमा उल्लेख छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, मर्यादित रोजगारीको निरन्तरता तथा सामाजिक संरक्षणको लागि विदेश स्थित कूटनीतिक नियोगलाई परिचालन गरिने वजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।