काठमाडौं- आगामी आर्थिक वर्षमा राष्ट्रपति कार्यालयको बजेट कटौती गरिएको छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रपतिको लागि १६ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको बजेटमा राष्ट्रपतिको लागि २५ करोड २८ लाख रुपैयाँ रहेको छ।
उपराष्ट्रपतिको बजेट भने केही बढाइएको छ। आगामी आर्थिक वर्षका लागि उपराष्ट्रपतिको बजेट ५ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा उपराष्ट्रपतिको बजेट ४ करोड ५९ लाख रुपैयाँ रहेको छ। त्यस्तै संघीय संसद्को बजेट पनि कटौती गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटमा संघीय संसदका लागि एक खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा संसदको बजेट एक खर्ब ३० अर्ब रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।