काठमाडौं- सरकारले आयातित मदिरामा अन्त:शुल्क नबढाएपनि भन्सार भने बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक ऐनमा भन्सार शूल्क बढाएका हुन्।
विदेशबाट आयातित सबै प्रकारको मदिराको कच्चा पदार्थमा प्रतिलिटर ३ सय रुपैयाँ भन्सार शूल्क बढाएको छ। यसको अर्थ अब विदेशी मदिरा प्रतिलिटर ३ सय रुपैयाँ बढ्ने छ।
सरकारले सूर्तीजन्य पदार्थमा पनि जोखिम कर वृद्धि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।