• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमा उद्योगी‚ व्यवसायीको प्रारम्भिक प्रतिक्रिया सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण

64x64
नेपाल लाइभ बिहीबार, जेठ १५, २०७७  २०:५५
1140x725

काठमाडौं- उद्योगी व्यवसायीहरूले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकाले स्वागतयोग्य भएको बताए। उत्पादनका लागि आउनुपर्ने कार्यक्रम भने अपेक्षाअनुसार आउन नसकेको उनले बताए। यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझैपनि आशंका गर्ने ठाउँ रहेको उनले बताए।

तर कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको ५० अर्ब रकम न्यून भएको उनको टिप्पणी छ। कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटिएको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुने लागेको उनको टिप्पणी छ। उनले उद्योगी व्यवसायीको सुझावअनुसार विद्युतमा छुट दिइएको बताए। स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट आएकाले स्वागतयोग्य भएको उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रीत भएको बताए। रोजगारी सिर्जनाका लागि लगानी बढाउने सन्दर्भमा आएका विषयहरू राम्रो भएको बताए। बाहिरबाट आउने व्यक्तिहरूलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकीकरण गर्ने विषय समेत समावेश भएको बताए। स्वास्थ्य क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषय समेत प्रष्टसँग  समेटिएको बताए। उनले विस्तृतमा अध्ययन गरेपछि परिसंघले आफ्नो धारणा बनाउने समेत बताए।

होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताए। होटल क्षेत्रलगायत समग्र पर्यटन क्षेत्रको पुनरोत्थानका लागि बजेटले धेरै कुरा समेटेको बताए।

Ncell 2
Ncell 2

व्यवसायीहरूको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुनरोत्थान कोष र एक खर्बको पुनर्संरचना कोष ल्याउनु सकारात्मक भएको बताए। यस्तै उद्योग तथा प्रतिस्ठानमा काम गर्ने कर्मचारीको लागि समेत उचित व्यवस्था गरिएको बताए। कर र महसुल छुटका कुरा पनि सकारात्मक रहेको उनले बताए।

‘आन्तरिक पर्यटन विकासका लागि देश दर्शनको कार्यक्रम ल्याएको छ, एयरपोर्टको स्तरोन्नति गर्ने, पर्यटनका नयाँ गन्तव्य विकास गर्नेलगायतका कुरा आएकाले बजेट स्वागतयोग्य छ। नीति कार्यक्रमहरू राम्रो आएको तर कार्यान्वयन पक्षमा चुनौति छ’ उनले भने।

बजेट उत्साहजनक छ : शिव कट्टेल 
अध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासंघ
 
आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ। बजेटले सबै क्षेत्रलाई उत्तिकै राम्रोसँंग समेटेको छ। बजेटको सबैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष उल्लेख हुनु हो। कोरोना संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि ल्याइएको विशेष प्याकेज सह्रानीय छ। यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा अस्पतालहरूको बन्दोबस्त गर्ने व्यवस्था अति राम्रो देख्छु। घरेलु तथा साना उद्यमीको हिसाबले पनि बजेट उत्साहजनक छ। सार्वजनिक यातायातको लागि प्राधिकरण बनाउने कुरा सकारात्मक छ। बेरोजगारलाई तालिम दिने, ऋण दिने कुरा उल्लेख छ, जुन अति नै राम्रो हो। साथै सहकारीमार्फत काम गर्ने कुरा पनि सह्रानीय छ। कृषि उत्पादनको बढावाको लागि काम गर्ने योजना सह्रानीय छ। कृषिलाई सहकारीसँग जोड्ने कुराले सबैतिर फैलिन सहज हुनेछ। समग्रमा कोरोनाको महामारीको बेला सबै विषयलाई उतिकै ध्यान दिएर आएको यो बजेट स्वागतयोग्य छ। बजेटको कार्यान्वयनको पाटोलाई पनि उतिकै जोडतोडले लान सके यसले नयाँं नेपाल बनाउन कुनै कठिनाई हुने थिएन। 

हाम्रो सम्बोधन जिरो : महेन्द्र चित्रकार
अध्यक्ष, नेपाल इटा उद्योग महासंघ
 
इटा उद्योग नेपालका निकै कम उद्योगहरूमध्येको एउटा आत्मनिर्भर उद्योग हो। सिजनल रुपमा चल्ने यो उद्योग अरु उद्योगभन्दा भिन्न प्रकृतिको छ। यो उद्योग अत्यधिक रोजगारी पाउने उद्योग पनि हो। यो उद्योग अत्यधिक समस्यामा छ। जस्तो कि वर्षमा ६ महिना चल्ने यो उद्योग यस वर्ष जम्मा तीन महिनाजति मात्रै चल्यो। लकडाउन, मौसमलगायतका कारण आधाआधी समयमात्रै उद्योग चलाउन पायौं। यसकारण यो उद्योग संकटमा छ। तर यस्तो उद्योगलाई बचाउन यो वर्षको बजेटमा केही पनि कुरो आएन। हाम्रोबारेमा सम्बोधन जिरो नै देखियो। यस वर्षको बजेट हाम्रो लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मातजस्तै भयो। जबकि हामीले बजेट ल्याउनुभन्दा अगाडि यो उद्योगलाई बचाउने हो भने यो अति आवश्यक उद्योग भएकाले भ्याट लिन पाइँदैन, आयकरमा कमसेकम ५० प्रतिशत छुट हुनुपर्छ भनी लिखित माग पेश गरेका थियौं। तर त्यसको कुनै सुनुवाइ नै भएको देखेनौं। इटा उद्योगलाई जोगाउन विशेष संरक्षण आवश्यक थियो तर केही पनि भएन। यही कारण हाम्रो करोडौंको लगानी यतिखेर निकै जोखिममा छ। 

बजेट सन्तुलित : मोहन कटुवाल
अध्यक्ष, ग्रील तथा स्टील ब्यवसायी महासघ उपाध्यक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ
 
इतिहासकै कठिन अवस्थामा आएको बजेट समग्रमा सन्तुलित देखिन्छ। अहिले सबैको जिवनसँग जोडिएको चासोको विषय भएको बेला स्वास्थ्य क्षेत्रलाई  बजेटले प्राथमिकता दिए पनि कोरोनाको प्रकोप बढिरहेको अवस्थामा यो अझै अपुग देखिन्छ। देशमा भएका जनशक्तिको रोजगारीलाई निरन्तरता दिँदै ठूलो सख्यामा रोजगारी गुमाएर केही सीपसहित स्वदेश फर्कन लागेका युवाहरूलाई पनि रोजगारीमा जोड्न सक्ने कोरोनाको संक्रमणका कारण संकटमा परेको क्षेत्र घरेलु ,साना तथा मझौला उद्योग व्यवसाय प्रवर्द्धनमा सोचेजस्तै आउन नसके पनि अहिलेको कठिन अवस्थामा जे जति बजेटमा घोषणा भएका छन् ती सबै व्यवहारमा प्रभावकारी कार्यान्वयन हुनुपर्छ। कोरोनाका कारण संकटमा परेका उद्योगलाई सुरक्षित अवतरण गर्न पुनर्कर्जा, करमा छुट‚ कृषिमा आधारित उत्पादनमा आत्मानिर्भर बनाउने कुरा, पर्यटन क्षेत्रलाई राहतको विद्युतमा डिमाण्ड चार्ज छुट, साना उद्योगीलाई विद्युत महसुलमा केही छुट, स्वदेशी उद्योगबाट उत्पादित वस्तुको प्रयोगलाई प्राथमिकता दिने गर्ने, ७५ लाखलाई सीपमुलक तालिम दिने‚ १ सय ३० स्थानमा उद्योग ग्राम स्थापना गर्ने निर्यातलाई प्रोत्साहन गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्नेजस्ता कुरा स्वागतयोग्य छन् भने पूर्वाधार विकासलाई निरन्तरता दिने कुरा राम्रो पक्ष हो। त्यसैगरी करको दरभन्दा दायरा बढाउने कुरा स्वागतयोग्य हो। सरकारले अनावश्यक खर्चहरू कटौती गर्ने कुरा अत्यन्तै  राम्रो पक्ष हो। बजेटमा छुट भएका केही स्टिमुलस प्याकेजहरू मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने विश्वास लिएका छौं।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ !
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३... शनिबार, पुस ५, २०८२
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०... शुक्रबार, पुस ४, २०८२
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो आइतबार, पुस ६, २०८२
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट आइतबार, पुस ६, २०८२
परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की आइतबार, पुस ६, २०८२
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्