• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमा उद्योगी‚ व्यवसायीको प्रारम्भिक प्रतिक्रिया सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण

64x64
नेपाल लाइभ बिहीबार, जेठ १५, २०७७  २०:५५
1140x725

काठमाडौं- उद्योगी व्यवसायीहरूले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकाले स्वागतयोग्य भएको बताए। उत्पादनका लागि आउनुपर्ने कार्यक्रम भने अपेक्षाअनुसार आउन नसकेको उनले बताए। यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझैपनि आशंका गर्ने ठाउँ रहेको उनले बताए।

तर कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको ५० अर्ब रकम न्यून भएको उनको टिप्पणी छ। कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटिएको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुने लागेको उनको टिप्पणी छ। उनले उद्योगी व्यवसायीको सुझावअनुसार विद्युतमा छुट दिइएको बताए। स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट आएकाले स्वागतयोग्य भएको उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रीत भएको बताए। रोजगारी सिर्जनाका लागि लगानी बढाउने सन्दर्भमा आएका विषयहरू राम्रो भएको बताए। बाहिरबाट आउने व्यक्तिहरूलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकीकरण गर्ने विषय समेत समावेश भएको बताए। स्वास्थ्य क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषय समेत प्रष्टसँग  समेटिएको बताए। उनले विस्तृतमा अध्ययन गरेपछि परिसंघले आफ्नो धारणा बनाउने समेत बताए।

होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताए। होटल क्षेत्रलगायत समग्र पर्यटन क्षेत्रको पुनरोत्थानका लागि बजेटले धेरै कुरा समेटेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

व्यवसायीहरूको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुनरोत्थान कोष र एक खर्बको पुनर्संरचना कोष ल्याउनु सकारात्मक भएको बताए। यस्तै उद्योग तथा प्रतिस्ठानमा काम गर्ने कर्मचारीको लागि समेत उचित व्यवस्था गरिएको बताए। कर र महसुल छुटका कुरा पनि सकारात्मक रहेको उनले बताए।

‘आन्तरिक पर्यटन विकासका लागि देश दर्शनको कार्यक्रम ल्याएको छ, एयरपोर्टको स्तरोन्नति गर्ने, पर्यटनका नयाँ गन्तव्य विकास गर्नेलगायतका कुरा आएकाले बजेट स्वागतयोग्य छ। नीति कार्यक्रमहरू राम्रो आएको तर कार्यान्वयन पक्षमा चुनौति छ’ उनले भने।

बजेट उत्साहजनक छ : शिव कट्टेल 
अध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासंघ
 
आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ। बजेटले सबै क्षेत्रलाई उत्तिकै राम्रोसँंग समेटेको छ। बजेटको सबैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष उल्लेख हुनु हो। कोरोना संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि ल्याइएको विशेष प्याकेज सह्रानीय छ। यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा अस्पतालहरूको बन्दोबस्त गर्ने व्यवस्था अति राम्रो देख्छु। घरेलु तथा साना उद्यमीको हिसाबले पनि बजेट उत्साहजनक छ। सार्वजनिक यातायातको लागि प्राधिकरण बनाउने कुरा सकारात्मक छ। बेरोजगारलाई तालिम दिने, ऋण दिने कुरा उल्लेख छ, जुन अति नै राम्रो हो। साथै सहकारीमार्फत काम गर्ने कुरा पनि सह्रानीय छ। कृषि उत्पादनको बढावाको लागि काम गर्ने योजना सह्रानीय छ। कृषिलाई सहकारीसँग जोड्ने कुराले सबैतिर फैलिन सहज हुनेछ। समग्रमा कोरोनाको महामारीको बेला सबै विषयलाई उतिकै ध्यान दिएर आएको यो बजेट स्वागतयोग्य छ। बजेटको कार्यान्वयनको पाटोलाई पनि उतिकै जोडतोडले लान सके यसले नयाँं नेपाल बनाउन कुनै कठिनाई हुने थिएन। 

Xtrem
Xtrem

हाम्रो सम्बोधन जिरो : महेन्द्र चित्रकार
अध्यक्ष, नेपाल इटा उद्योग महासंघ
 
इटा उद्योग नेपालका निकै कम उद्योगहरूमध्येको एउटा आत्मनिर्भर उद्योग हो। सिजनल रुपमा चल्ने यो उद्योग अरु उद्योगभन्दा भिन्न प्रकृतिको छ। यो उद्योग अत्यधिक रोजगारी पाउने उद्योग पनि हो। यो उद्योग अत्यधिक समस्यामा छ। जस्तो कि वर्षमा ६ महिना चल्ने यो उद्योग यस वर्ष जम्मा तीन महिनाजति मात्रै चल्यो। लकडाउन, मौसमलगायतका कारण आधाआधी समयमात्रै उद्योग चलाउन पायौं। यसकारण यो उद्योग संकटमा छ। तर यस्तो उद्योगलाई बचाउन यो वर्षको बजेटमा केही पनि कुरो आएन। हाम्रोबारेमा सम्बोधन जिरो नै देखियो। यस वर्षको बजेट हाम्रो लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मातजस्तै भयो। जबकि हामीले बजेट ल्याउनुभन्दा अगाडि यो उद्योगलाई बचाउने हो भने यो अति आवश्यक उद्योग भएकाले भ्याट लिन पाइँदैन, आयकरमा कमसेकम ५० प्रतिशत छुट हुनुपर्छ भनी लिखित माग पेश गरेका थियौं। तर त्यसको कुनै सुनुवाइ नै भएको देखेनौं। इटा उद्योगलाई जोगाउन विशेष संरक्षण आवश्यक थियो तर केही पनि भएन। यही कारण हाम्रो करोडौंको लगानी यतिखेर निकै जोखिममा छ। 

बजेट सन्तुलित : मोहन कटुवाल
अध्यक्ष, ग्रील तथा स्टील ब्यवसायी महासघ उपाध्यक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ
 
इतिहासकै कठिन अवस्थामा आएको बजेट समग्रमा सन्तुलित देखिन्छ। अहिले सबैको जिवनसँग जोडिएको चासोको विषय भएको बेला स्वास्थ्य क्षेत्रलाई  बजेटले प्राथमिकता दिए पनि कोरोनाको प्रकोप बढिरहेको अवस्थामा यो अझै अपुग देखिन्छ। देशमा भएका जनशक्तिको रोजगारीलाई निरन्तरता दिँदै ठूलो सख्यामा रोजगारी गुमाएर केही सीपसहित स्वदेश फर्कन लागेका युवाहरूलाई पनि रोजगारीमा जोड्न सक्ने कोरोनाको संक्रमणका कारण संकटमा परेको क्षेत्र घरेलु ,साना तथा मझौला उद्योग व्यवसाय प्रवर्द्धनमा सोचेजस्तै आउन नसके पनि अहिलेको कठिन अवस्थामा जे जति बजेटमा घोषणा भएका छन् ती सबै व्यवहारमा प्रभावकारी कार्यान्वयन हुनुपर्छ। कोरोनाका कारण संकटमा परेका उद्योगलाई सुरक्षित अवतरण गर्न पुनर्कर्जा, करमा छुट‚ कृषिमा आधारित उत्पादनमा आत्मानिर्भर बनाउने कुरा, पर्यटन क्षेत्रलाई राहतको विद्युतमा डिमाण्ड चार्ज छुट, साना उद्योगीलाई विद्युत महसुलमा केही छुट, स्वदेशी उद्योगबाट उत्पादित वस्तुको प्रयोगलाई प्राथमिकता दिने गर्ने, ७५ लाखलाई सीपमुलक तालिम दिने‚ १ सय ३० स्थानमा उद्योग ग्राम स्थापना गर्ने निर्यातलाई प्रोत्साहन गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्नेजस्ता कुरा स्वागतयोग्य छन् भने पूर्वाधार विकासलाई निरन्तरता दिने कुरा राम्रो पक्ष हो। त्यसैगरी करको दरभन्दा दायरा बढाउने कुरा स्वागतयोग्य हो। सरकारले अनावश्यक खर्चहरू कटौती गर्ने कुरा अत्यन्तै  राम्रो पक्ष हो। बजेटमा छुट भएका केही स्टिमुलस प्याकेजहरू मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने विश्वास लिएका छौं।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्