काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाकालीन बजेट नआएको भन्दै असन्तुष्टि जनाएको छ।
अर्थमन्त्रीले डा युवराज खतिवडाले बजेट भाषणबाट कोरोना संक्रमण र रोकथाममा प्रभावकारी कदम नचालेको कांग्रेसको ठम्याइ छ। प्रवक्ता विश्वप्रकाश शर्माले प्रारम्भिक प्रतिक्रिया जनाउँदै कोरोनापछिको बजेट सुनेको प्रतिक्रिया दिए।
सरकारले बिहीबार संसदमा पेश गरेको बजेट कोरोनाकालीन नभएको शर्माले ट्विटरमा लेखेका छन्। ‘कोरोनाअघिको बजेट पोहोर सुनियो। कोरोनापछिको बजेट आज सुनिरहेका छौं।’ प्रवक्ता शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्छन्, ‘कोरोनाकालीन बजेट चैं कहिले आउँछ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।