काठमाडौं– सरकारले चुरोट र सिगारमा प्रतिखिल्ली २५ पैसा बढाएको छ। आर्थिक वर्ष २०७६÷०७७ मा चुरोट र सिगारमा स्वास्थ्य जोखिम कर प्रतिखिल्ली २५ पैसा रहेकोमा यस वर्ष ५० पुगेको हो।
विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित चुरोट र सिगारमा समान रुपमा बढाइएको हो। बिँडीमा प्रतिखिल्ली २५ पैसा नै कायम गरिएको छ। सूर्ति, खैनी, गुटखा र पान मसलामा प्रतिकिलो ४० रुपैयाँ कर असुलिनेछ। यसअघि प्रतिकिलो २५ रुपैयाँ थियो।
आर्थिक विधेयक २०७७ मा लेखिएको छः
स्वास्थ्य जोखिम करः (१) विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली पच्चीस पेसा, चुरोट र सिगारमा प्रति खिल्ली पचास पैसा र खाने सूर्ति, खैनी, गुट्खा, पान मसलामा प्रति किलोग्राम चालीस रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिमको कर पैठारीका बखत भन्सार बिन्दुमा र स्वदेशी उत्पादनका हकमा प्रतिष्ठानबाट निष्कासनका बखत असुल गरिनेछ। (३) स्वास्थ्य जोखिम करको नियमन र प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।