काठमाडौं- सरकारले पुल निर्माणलाई विशेष प्राथमिकता दिएको छ। २ सय ५० वटा नयाँ पुल निर्माण सुरु गर्ने, निर्माणधीन पुन सम्पन्न गर्न र १ हजारभन्दा बढी स्थानीय सडक पुल निर्माण उच्च प्राथमिकतामा परेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा सबै पुल निर्माण गर्न १० अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। सडक सञ्चालनलाई विस्तार गर्न समेत पुल निर्माणलाई तिब्रता दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।