काठमाडौं- आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ७ प्रतिशतमा सीमित गर्ने गरी मौद्रिक नीति बनाइने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा मुद्रास्फिति दर ७ प्रतिशतमा सीमित रहने बताएका हुन्।
आगामी आर्थिक वर्षमा विगत तीन आर्थिक वर्षको औषत आर्थिक बृद्धिदर ७ प्रतिशतको लक्ष्य र मुद्रास्फीति ७ प्रतिशतमा सिमित रहने गरि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने छ।
चालु आर्थिक वर्षको मुद्रास्फीति दर ६ प्रतिशतमा सिमित रहने गरी तथा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सघाउन पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।