काठमाडौं- सरकारले चालु आर्थिक वर्षमा सडकको मर्मत तथा पुनर्स्थापनाका लागि सडक बोर्डमार्फत खर्च गर्ने गरि ८ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले १६ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरको छन्।
त्यस्तै सरकारले चालु आवको बजेटमा सडक मर्मतका लागि बजेट अभाव हुन नदिन पेट्रोल र डिजेलमा प्रतिलिटर थप एक रुपैयाँ शुल्क लिने व्यवस्था गरेको थियो। त्यस्तै सडक पूर्वाधार कार्यक्रमका लागि ४ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।
आगामी आर्थिक वर्षमा निर्माण भएका सडकको मर्मत तथा संरक्षण र सुरक्षित यातायात सञ्चालन गर्न उक्त बजेट खर्च हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।