काठमाडौं- स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा अन्तर्गत सांसदलाई प्रति निर्वाचन उपलब्ध हुने ६ करोड रकम आगामी आर्थिक वर्षमा हटाइएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले अपूर्ण भएका आयोजना सम्पन्न गर्न रकम छुट्याएका छन्।
बजेट वक्तव्यमार्फत् खतिवडाले भने, ‘स्वास्थ्य तथा विकासका अपूर्ण कार्य पुरा गर्ने गरि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ६ अर्ब ६० करोड विनियोजन गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।