काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये ९ खर्ब ४८ रुपैयाँ चालु खर्च, पुँजीगत ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा ८ खर्ब ८९ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ।
यसैगरी ६० अर्ब अनुदान प्राप्त गर्ने तथा ऋण २ खर्ब ९९ अर्ब अन्तर्राष्ट्रिय ऋण लिइने अर्थमन्त्री डा युवराज खतिवडाले बताए। आगामी वर्ष २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरि ऋण लिने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।