काठमाडौं- सरकारले प्रधानामन्त्री केपी शर्मा ओली शर्माको जन्मथलो तेह्रथुम चुहानडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ। संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुममो चुहानडाँडामा आन्तरिक विमानस्थल निर्माणको अध्ययन गर्ने गरी बजेट व्यवस्था गरेका हुन्।
उक्त विषय सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा पनि रहेको थियो। साथै चालू आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा नीति तथा कार्यक्रममा पनि उक्त विषय समावेश भएको थियो।
चुहानडाँडाको विमानस्थल निर्माण स्थल अवलोकनकै क्रममा त्यहाँ जाँदा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।