काठमाडौं- सरकारले गरीब र विपन्न परिवारलाई विद्युत जडान निःशुल्क गर्ने घोषणा गरेको छ। आगामि आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक रुपमा कमजोर परिवारलाई निःशुल्क रुपमा विद्युत जडान गर्ने कार्यक्रम ल्याएको घोषणा गरेका हुन्।
सरकारले प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का सबै ठाउँमा आगामी आर्थिक वर्षभित्रै विद्युत सुविधा पुर्याइसक्ने लक्ष्य लिएको छ।
ग्रामिण विद्युतीकरणमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ४ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।