काठमाडौं- सरकारले चार अन्तर्राष्ट्रिय विमानस्थलका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी वर्ष खर्च गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि यो रकम विनियोजन गरिएको हो। यसका अतिरिक्त आन्तरिक विमानस्थल निर्माण र स्तरोन्नतिको घोषणा पनि बजेटबाट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।