काठमाडौं- सरकारले सार्वजनिक विद्यालको स्तरोन्नतीका लागि एक निजी विद्यालयले एक सरकारी विद्यालयको सुधारमा सहयोग गर्नुपर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। सार्वजनिक विद्यालयहरुको शैक्षिक स्तर सुधारका लागि सरकारले यस्तो कार्यक्रम ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।