काठमाडौं- सरकारले आगामी वर्ष रोजगारी सिर्जनाका लागि बैंकहरुमार्फत सहुलियत कर्जा प्रवाहलाई थप सहज बनाउने व्यवस्था बजेटमा गरेको छ। रोजगारी सिर्जनाका लागि प्रत्येक बाणिज्य बैंकको एउटा शाखाले १० जनालाई सहुलियत ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था सरकारले गरेको छ।
तथा विकास बैंकले प्रतिशाखा ५ जनाको दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराई थप रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंकमार्फत आबश्यक व्यवस्था गर्नुपर्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ।
सरकारले यस अघि पनि युवा स्वरोजगार कार्यक्रमलाई विस्तार गर्न तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुमार्फत स्वदेशमै उद्यमशीलताको विकास गर्न सरलकर्जा कार्यक्रम अघि सारेको थियो।विदेशबाट फर्केर स्वदेशमै उद्यम गर्न चाहाने युवाहरुलाई १० लाखसम्म सरल कर्जाको व्यवस्था गरेको थियो।तर यो कार्यक्रम प्रभावकारी कार्यान्वयनमा भने आउन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।