सोल- दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी मंगलबार एक नेपालीको ज्यान गएको छ। ज्यान जानेमा धादिङ घर भई हाल कोरियाको थाङजिनमा कार्यरत मैनी तामाङ रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए।
टुरिस्ट भिसामा कोरिया आएका तामाङ भिसा अवधि सकिएपछि अवैधानिक बनेर काम गरिरहेको बताइएको छ।
बिनाभिसा काम गरिरहेका तामाङ गाईको गोठ बनाउने क्रममा छतबाट लडेर गम्भीर घाइते भई एक महिनादेखि उपचाररत रहेकोमा मंगलबार मृत्यु भएको सुवेदीले बताए। तामाङ गाई गोठकै साउको मातहतमा काम गरिरहेका थिए वा कुनै कन्सट्रक्सन कम्पनी मार्फत काम गरिरहेका थिए भन्ने यकीन भई नसकेको बताइएको छ।
मृत्युको विषयमा परिवारमा जानकारी भइसकेको र सान्जे नामक बीमाका लागि मुद्दा लड्न वकिल लगाइएको सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।