काठमाडौं- सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने घोषणा गरेकोछ । यसैगरी औद्योगिक क्षेत्र र उद्योग ग्राममा स्थापना हुने उद्योगलाई करमार्फत थप सहुलियत दिइने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका छन्। सुरक्षाकर्मीसहितका राष्ट्रसेवकले प्रयोग गर्ने कपडा, जुत्ता उत्पादन स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने पनि घोषणा गरिएको छ। औद्योगक क्षेत्र र ग्रमका लागि २ अर्ब ३० करोड रूपैयाँ विनियोजन गरिएको खतिवडाले घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।