काठमाडौं– सरकारले कोरोना भाइरसको कारण प्रभावित परेको पर्यटन उद्योगको रक्षामा लागि भन्दै आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट मार्फत देश दर्शनअवधारण अगाडि सारेको छ।
आगामी आर्थिक वर्षकालागि बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन विदाको कार्यक्रम ल्याएका हुन।
सरकारले पर्यटन विदाका कारण प्रभावित पर्यटन क्षेत्रलाई चलायमान गर्न यो कार्यक्रम ल्याएको हो। उक्त कार्यक्रमले रोजगारी गुमाएका श्रमिक र होटलले समेत केही आम्दानी हुने र अर्थतन्त्रमा चलायमान हुने सरकारले आशा लिएको छ।
यस अघि पनि सरकारले आर्थिक वर्षको २०७३/०७४ को बजेट मार्फत आन्तरिक भ्रमण वर्षको कार्यक्रम अगाडि सारको थियो। तर, उक्त कार्यक्रम सफल हुन भने सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।