काठमाडौं- जल तथा मौसम विज्ञान विभागलाई विश्वसनीय बनाउन दुई ठाउँमा राडार स्थापना गरिने भएको छ।
संघीय संसदमा बजेट पेश गर्दै अर्थमन्त्री युवराज खडिवडाले मौसम पूर्व अनुमान महाशाखालाई प्रभावकारी बनाउन दुई ठाउँमा राडार स्थापना गरिने बताए।
यस वर्ष पाल्पा र उदयपुरमा राडार बनाउन बजेट विनियोजन गरिएको हो।
सुर्खेतमा भएको राडार सञ्चालनमा आइसकेको छ। देशभरको मौसम पूर्व अनुमानलाई प्रभावकारी उदयपुर, पाल्पा र सुर्खेतमा स्थायना गरिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।