काठमाडौं- सरकारले कृषिमा काम र रोजगारी कार्यक्रम अघि बढाउने भएको छ। सामुदायिक, सहकारी र निजी फर्मबाट ठूलो उत्पादनमा जोड दिइने अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका छन्।
दूध, तरकारी र मासुजन्य वस्तुमा आत्मनिर्भर हुने गरी कार्यक्रम तयारी गर्ने खतिवडाले बताए। चैते धान र बसन्ते मकै प्रवर्द्धन गर्ने घोषणा खतिवडाले गरेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनालाई पुनर्संरचना गर्दै एक स्थानीय तह एक उत्पादन कार्यक्रमका रुपमा विकास गर्ने घोषणा गरिएको छ।
प्रत्येक स्थानीय तहमा एक पकेट क्षेत्र बनाउने गरी ११अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।