काठमाडौं- कोरोना रोगको बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत प्रिमियम भुक्तानी गरिदिने भएको छ। एक लाख रुपैयाँसम्मको सामुहिक कोरोना बीमा गर्दा लाग्ने बार्षिक शुल्कमा ५० प्रतिशत सरकारले अनुदान दिने अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा घोषणा गरेका छन्। स्वास्थ्य कर्मी महिला स्वस्थ्य स्वयमसेविका लगायतका व्यक्तीकव बीमा शुल्क सरकारले तिरिदिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।