काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले समानीकरण, विशेष र समपूरक अनुदानको अंक यथावत राखेको जनाएका छन्। नयाँ बजेटमा सशर्त अनुदान बढाइएको उनले बताए।
आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशलाई ५५ अर्ब १९ करोड रुपैयाँ समानीकरण अनुदान दिइने घोषणा गरेका छन्।
यसैगरी स्थानीय तहलाई यही शीर्षकमा ९० अर्ब ५ करोड रुपैयाँ दिइने उनले बताए।
खतिवडाले सशर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई १ खर्ब ६१ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए।
उनले राजस्व बाँडफाँटबाट १ खर्ब २२ अर्ब रुपैयाँ उपलब्ध गराउने जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।