काठमाडौं- अर्थमन्त्र डा युवराज खतिवडाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत पुँजीगत खर्च हुने अनुमान सार्वजनिक गरेका छन्। र कोरोनाका कारण खर्चमा सिथिलता आउँदा पुँजीगत खर्च संकुचित हुँने अवस्था आएको अर्थमन्त्री खतिवडाले बताए।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुने उल्लेख गरे। उनले चालु खर्च ७३ प्रतिशत, पुँजीगत ५८ .६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने बताए। खतिवडाले चालु आर्थिक वर्षमा ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान पनि प्रस्तुत गरेका छन्। उनले चालु वर्षमा ३२ रुपैयाँ अनुदान र वैखेशिक ऋण १२१ अर्ब रुपैयाँ प्रताप्त हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।