काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय योजना आयोगको बैठकमा नयाँ बजेटबारे ब्रिफिङ गरेका छन्। खतिवडाले स्वास्थ्य क्षेत्र, पूर्वाधार विकास, लगानी वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिए जानकारी गराएका छन्।
आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तर्जुमापछि बोलाइएको योजना आयोगको पूर्ण बैठकमा अर्थमन्त्री खतिवडाले बजेटको आकार भने भनेनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको आकार गोप्य नै राख्नुस् भनेपछि खतिवडाले बजेटको आकारबारे जानकारी गराएका थिएनन्।
करिब एक घण्टा बसेको बैठकमा मन्त्री खतिवडाले बजेट निर्माणका सीमा र आफूले गरेको कामको जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।