काठमाडौं- बिहीबार थप ४ जिल्लामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित अब ५१ जिल्लामा पुगेको छ। बिहीबार दोलखा, सोलुखुम्बु बझाङ र दार्चुलामा कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो पटक दोलखामा २ जना, सोलुखुम्वुमा १ जना, बझाङमा १ जना र दार्चुलामा एक जना संक्रमित थप भएका हुन्।
बिहीबार १ सय ५६ जना थपिएका छन्। बिपी प्रतिस्ठान धरानमा २ जना, कोशी अस्पतालमा २५, भरतपुर कोरोना प्रयोगशाला १ जना, काठमाडौँ जनस्वास्थ्य प्रयोगशालामा ७७, सुर्खेत प्रादेशिकमा २३, गण्डकीमा ३, सेतीमा ३, हेटौडामा १, भेरी अस्पतालमा ४, धुलिखेल अस्पताल १७ जनाको पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
यो सहित १ हजार ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यीमध्ये पुरुष ९ सय ४० र महिला १ सय २ जना रहेका छन्। नेपालमा हालसम्म ५ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।