काठमाडौं- थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०४२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।