काठमाडौं– नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मन्त्री तथा मुख्यमन्त्रीलाई कांग्रेसको ‘सहायक प्रवक्ता’ नतोकिएको स्पष्ट पारेको छ।
कांग्रेसका कारण संविधान संशोधनको प्रस्ताव फिर्ता भएको नेकपाका नेता कार्यकर्ताले प्रतिक्रिया व्यक्त गरेपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खण्डन गरेका हुन्।
ट्विटमार्फत प्रवक्ता शर्माले भने, ‘कम्युनिस्ट सरकारका केही मन्त्री या कोही मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या व्याख्या गर्न ‘सहायक प्रवक्ता’ नियुक्त गरिएको छैन।’
भारतीय मिडियाको रवैयाप्रति पनि उनले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसको मुखपत्रको दायित्व समेत भारतीय मिडियालाई नदिएको स्पष्ट पारे।
पार्टीको आधिकारिक धारणा कांग्रेस प्रवक्तालाई सोध्न आग्रह गरेका छन्। संविधान संसोधनको पक्षमा निर्णय गर्न कांग्रेसले शनिबार केन्द्रीय समितिको बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।