काठमाडौं- बजेटको तयारी सकिएसँगै राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोगको पूर्ण बैठक बस्नेछ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले नयाँ बजेटका लागि स्रोत तथा खर्चको व्यवस्थापनका लागि गरिएको तयारीको विषयमा छलफल गर्नेछ।
योजना आयोगका उपाध्यक्ष स्रोत समितिका उपाध्यक्ष हुनेछन्। बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेटबारे जानकारी गराउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।