लहान– सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब ६ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आज बिहान प्रहरीले फेला पारेको छ।
गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई प्रहरीले फेला पारेको हो।
पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका, ठेम्हीबाट उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।