काठमाडौं- पूर्वमन्त्री एवं नेकपाका सांसद मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भनी गरेको सम्बोधनलाई व्यंग्य गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारकै पार्टीको मान्छे भएकाले धेरै बोल्न मिलेन भन्दै यही रोष्टमबाट भोकै नपर्ने भनेको सम्झाए।
कोरोना भाइरसका संक्रमणका बारेमा सरकारको तयारी कमजोर भएको टिप्पणी समेत यादवले गरे। ‘हाम्रो व्यवस्थापन भइपरेर आउनेजस्तो भयो’ यादवले भने‚ ‘हामीले दीर्घकालीन रणनीति बनाउन सकेनौं।’
उनले विदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्ने विषयमा कहिले बाटो बन्द गर्ने र कहिले खुल्ला गर्ने भएकाले समस्या भएको बताए। सरकारले दीर्घकालीन रणनीति बनाएर काम गर्नुपर्ने उनले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।